किम र ट्रम्पको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै


२४ जेष्ठ २०७५, बिहीबार
Shinzo Abe of Japan Getty 101
TOKYO – SEPTEMBER 12: Japanese Prime Minister Shinzo Abe speaks during a press conference at his official residence on September 12, 2007 in Tokyo, Japan. Abe announced his resignation as Japanese Prime Minister, less than a year after first taking the post. (Photo by Koichi Kamoshida/Getty Images)

वासिङ्टन, २४ जेठ । यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लागेकाे छन् ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लाग्नुभएको समाचारमा जनाइएको छ ।

Shinzo Abe of Japan Getty 101

उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग गर्न लागेकाे वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् ।

जापानी प्रधानमन्त्री आबेको यस भ्रमणपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ । उहाँहरुको द्विपक्षीय वार्ता बिहीबारै हुने बताइएको छ ।

उक्त वार्ताको क्रममा विशेषगरी आगामी सो शिखर बैठकको बारेमा जापान र अमेरिकाको धारणा बुझ्ने काम हुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यो दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीको धारणा बुझ्न खोजेकाे हो ।

अमेरिका र उत्तर कोरिया पनि पहिलो पटक यसरी वार्ताको टेबलमा बस्ने भनी आएको समाचारपछि जापानी प्रधानमन्त्रीले यो दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।  उता विकसित परिस्थिति बमोजिम नै अमेरिका र उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको जनाएका छन् । यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ ।

यस वार्तालाई उत्तर र दक्षिण कोरियामात्र नभए विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गरेकाे छ । यस वार्ताका लागि उत्तर कोरिया पनि निकै सकारात्मक देखिएको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गरिसकेकाे छ ।

त्यसैगरी प्राप्त अर्को एक समाचारअनुसार उत्तर कोरियाली नेता किमले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ । उनले अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको विषयमा कुराकानी गर्ने समाचार उत्तर कोरियाली सरकारी समाचार समितिले दिएको थियो ।

गत हप्ता यो समाचार सार्वजनिक भएको भए पनि यस भेटवार्ताको बारेमा थप समाचार भने केही आएको छैन । यसै प्रयोजनका लागि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने एक हप्ताअघि नै उत्तर कोरियाको भ्रमण गरेको थियो । त्यस भ्रमणपछि नेता किम पनि रुस जाने यो घोषणा आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७