गोपीचन्द्र पार्की शुक्रबार लण्डन जाने


२८ चैत्र २०८०, बुधबार
gopi

काठमाडौं । लण्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएका छन् । नेपालगञ्ज म्याराथनले बुधबार गोपीका लागि विदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे । लण्डन म्याराथन वैशाख ९ गते हुनेछ ।

राखेप सदस्य सचिव घिसिङले गोपीलाई सफलताको शुभकामना दिंदै उनको हवाई टिकट राखेपले उपलब्ध गराउने जानकारी दिएका थिए । चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिंदै गोपीलाई लि निङको ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए । नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लण्डन म्याराथनका लागि छनोट भएका थिए ।

नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लण्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गोपी लण्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ । गोपीले तयारी राम्रो भएकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७