प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन स्पेन तयार


२९ चैत्र २०८०, बिहीबार
1 Spain prime minister C9g0vbW6fX

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इजरायलले गाजामाथि गरिरहेको आक्रमणको चर्को आलोचना गरेका छन् । कंग्रेसलाई सम्बोधन गर्दै प्रधानमन्त्री साञ्चेजले आफूहरू प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन तयार रहेको बताए । यो कदम मध्यपूर्वको तनाव कम गर्नका लागि सहयोगी हुने उनको दाबी छ ।

‘यो युरोपको भौगोलिक हितका लागि पनि उपयुक्त छ’, उनको भनाइ उद्धृत गर्द बीबीसीले जनाएको छ । उनले प्यालेष्टाइनलाई छुट्टै देशको समर्थन दिने सन्दर्भमा युरोपियन युनियनका नेतासँग पहल गर्ने बताए । साञ्चेज शुरुदेखि नै हमासविरुद्ध इजरायलले गाजामा जारी राखेको कारबाहीको आलोचक थिए । अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगले पनि प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिनु नै शान्तिको दिशामा उपयुक्त कदम हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७