रूस र काजाकिस्तानमा भिषण बाढी, दुई लाख बढी बिस्थापित


२९ चैत्र २०८०, बिहीबार
badi rush

मस्को । युराल नदीमा पानी बढेपछि रुस र काजाकिस्तानका सहर र सहरहरू बुधबार डुबानमा परेका छन् । जसका कारण एक लाखभन्दा बढी मानिसले क्षेत्र छाड्नु परेको थियो । रुसको एरेनबर्ग सहरका धेरै भाग पानीमा डुबेका छन् । यसैबीच कजाकिस्तानमा आएको बाढीका कारण ९७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

मस्कोबाट १२०० किलोमिटर पूर्वमा रहेको ५५०,००० मानिसको सहर एरेनबर्गमा सयौं घर डुबानमा परेका छन् । उराल नदी खतरनाक तहमा तीव्र गतिमा बढ्दै गएपछि कम्तीमा ७ हजार ७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सहर नजिकका क्षेत्रहरु पानीमा डुबेको देखिन्छ ।

कुर्गनबाट ४५ सय जना मानिस विस्थापित भएका छन भने अझै हजारौंलाई सुरक्षित स्थानमा सार्नु पर्ने आशंका गरिएको छ । एरेनबर्गमा बसोबास गर्ने मानिसले यस्तो डरलाग्दो अवस्था पहिले कहिल्यै नदेखेको बताउँछन् । यस्तो बाढी यहाँ पहिले भएको थिएन । रुसी अधिकारीहरूले भने कि १० हजार भन्दा बढी घरहरू बाढीमा परेका थिए, तीमध्ये अधिकांश एरेनबर्ग क्षेत्रमा थिए । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७