क्रिकेटर हार्दिक र क्रुनाललाई सौतेलो भाइले चार करोड भारु ठगेपछि …


२९ चैत्र २०८०, बिहीबार
hardik n kunal pandya1712824247

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेलो भाइले ठगी गरेको घटना बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार हार्दिक र क्रुनालका भाइ वैभव पाण्डेयलाई करिब चार करोड भारु ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

वैभवले साझेदार फर्मबाट करिब ४.३ करोड रुपैयाँ डाइभर्ट गरेको आरोपमा दुबै पाण्डे दाजुलाई नोक्सान भएको रिपोर्टमा बताइएको छ । यो घटना २०२१ भएको बताइएको छ । आरोपी वैभवले हार्दिक दाजुभाइसँग मिलेर पोलिमर बिजनेस कम्पनी खोलेका थिए, यस कम्पनीमा हार्दिक र क्रुणालको ४०–४० प्रतिशत र वैभवको २० प्रतिशत शेयर थियो ।

आरोपका अनुसार वैभवले गैरकानुनी रूपमा आफ्नो नाफाको हिस्सा २० प्रतिशतबाट बढाएर ३३.३ प्रतिशत पुर्याएका थिए, जसले हार्दिक र कृणाल पाण्ड्यालाई थप आर्थिक नोक्सान पुर्‍यायो । कम्पनीको नाफालाई सोही अनुपातमा तीन भागमा बाँड्नु पर्ने थियो ।

कम्पनीको नाफाको रकम पाण्डेय दाजुलाई दिनुको सट्टा अभियुक्त वैभवले छुट्टै कम्पनी बनाएर नाफा रकम हस्तान्तरण गरेपछि पाण्डे दाजुलाई करिब ४ करोड ३ लाख रुपैयाँ नोक्सान भएको बताइएको छ । हाल इण्डियन प्रिमियर लिगमा दुवै क्रिकेटर दाजुभाइ व्यस्त रहेका बेला मुम्बई पुलिसको आर्थिक अपराध शाखाले कारवाही अगाडी बढाउँदै वैभव पाण्ड्यालाई पक्राउ गरेको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७