हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित, कतार एयरवेजले गर्‍यो ‘ओभरसुट’


२९ चैत्र २०८०, बिहीबार
airport
फाइल फोटो

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । आज (बिहीबार) दिउँसो आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान अस्तव्यस्त बनेको विमानस्थलका प्रवक्ता सुवास झाले बताएका छन् ।

उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौं आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ । कतार एयरलायन्सको जहाजले भने ‘ओभरसुट’ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७