बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


३० चैत्र २०८०, शुक्रबार
prachanda kp oli
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । उनीहरुबीच समसामयिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिँदैछन् । तर एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेपछि सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको हो । सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीर नागरिक उन्मुक्ति पार्टीले सहमति नभए विश्वासको मत नदिने अडान राखेर बार्गेनिङ गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो मन्त्रिपरिषद् बैठक समेत बोलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७