मन्त्रिपरिषद्को बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी


३० चैत्र २०८०, शुक्रबार
cabinet 2.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार बस्न नसकेको नियमित बैठक आज (शुक्रबार) का लागि बोलाइएको हो ।

आजको बैठकमा मिडिया काउन्सिल सम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुनेछ ।

संघीय संसद्मा पेस गर्न अन्तिम तयारीमा रहेका आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संसदबाट छिट्टै पारितगर्ने बताइन् । यसैगरी शिक्षा मन्त्रालयले सार्वजनिक गरेको चिकित्सा शिक्षा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयनको प्रस्ताव बैठकले पारित गर्ने सम्भावनासमेत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७