घरमा बसिरहेका बेला चट्याङ लागेर युवकको घटनास्थलमै मृत्यु


२०८० चैत ३० शुक्रबार ०७:१२ बजे

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ । बिहीबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा–४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो ।

तामाङ घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास भएका थिए । तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७