२०८१ बैशाख १ गते शनिबारको तपाईको वैदिक राशिफल, नयाँ वर्षको शुभकामना !!


१ बैशाख २०८१, शनिबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् ।

शुभ रङ– पहेलो
शुभ अंक– ३

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ–सेतो

शुभ अंक – ७

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा सामान्य विवाद हुन सक्छ, सतर्क हुनुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ–वैजनी

शुभ अंक – ६

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ– चाँदी

शुभ अंक – ९

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ– गुलावी

शुभ अंक – २

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ–हरियो

शुभ अंक – ४

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ–सेतो

शुभ अंक– २

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ– रातो

शुभ अंक – १

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ– सुन्तला

शुभ अंक– ७

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ– कालो

शुभ अंक – २

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रङ–निलो

शुभ अंक – ४

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । आज नयॉ वर्षको पहिलो दिन शुभ रहोस् । शुभकामना ।

शुभ रगं – पहेलो

शुभ अंक – ५

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७