वामपन्थीहरू एक–अर्काप्रति आक्रामक हुँदा दक्षिणपन्थी शक्ति बलिया भए : झलनाथ खनाल


१ बैशाख २०८१, शनिबार
jhalanath khanal

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू एक अर्काप्रति आक्रामक हुँदा दक्षिणपन्थी शक्तिहरू बलिया बनेको टिप्पणी गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्व प्रधानमन्त्री खनालले त्यसले मुलुकमा अस्थिरता अकर्मण्यता सिर्जना गरेको उल्लेख गरेका छन् ।

‘गत वर्षभरि देशका वामपन्थी शक्तिहरू एक आपसमा विभाजित हुने, एक अर्कोप्रति आक्रामक हुने र आफूले आफैँलाई कमजोर बनाउने दिशामा लागे भने दक्षिणपन्थी शक्तिहरूले आफूलाई बलियो बनाउँदै लगे,’ खनालले भनेका छन्, ‘त्यसले मुलुकमा अस्थिरता, दिशाहिनता र अकर्मण्यता सिर्जना गर्‍यो ।’

तर, अहिले देशका वामपन्थी शक्तिहरू निकट आएर संयुक्त सरकारमा सहभागी बनेको उनको भनाइ छ । जनता र राष्ट्रका साझा सवालमा एकताबद्ध भएकाले यो एउटा सकारात्मक राजनीतिक विकास रहेको खनालले उल्लेख गरेका छन् । दम्भ र घमण्डबाट मुक्त भइ कम्युनिस्ट आन्दोलन अघि बढाउनुपर्ने उनको भनाइ छ ।

’सबै वामपन्थी समूहहरूमा ’म ठूलो, म बलियो र मैले सबै कुरा पाउनु पर्छ’ भन्ने जस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ, सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ, जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका निम्ति एकजुट हुन सक्नुपर्छ,’ खनालले भनेका छन् ।

j 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७