नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने (तस्वीरहरु)

प्रहरी र सवारी चालकलाई मिठाई बाँड्दै नयाँ वर्षको सुरूवात


१ बैशाख २०८१, शनिबार
rabi 1 1

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । आज (शनिबार) नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

rabi 2

उनले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने प्रतिवद्धता जनाएका छन् । उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए । गृहमन्त्री लामिछानेले काठमाडौं सहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताउँदै काठमाडौं जिउँदो जाग्दो सहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे ।

उनले भने, ‘सबै गुनासा यथोचित ढंगले सम्बोधन हुन्छ । सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् । कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरे मात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ । काठमाडौं सहर जिउँदो जाग्दो बनाउन काम गरिरहेको छु । सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।’

rabi 2 1

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको पनि बताए । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई शुभकामना दिए । उनले सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई नयाँ वर्षको शुभकामना दिँदै लड्डु बाढेका थिए । उनीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु थिए । उनले नियम उल्लंघन गरेर सवारी चलाएका सवारीचालकहरुसँग सडकै नयाँ वर्ष मनाएका हुन् । उनले प्रहरीलाई कर्तव्य पालनामा कुनै कमी नगर्न अनुरोध समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७