‘सत्ता लिप्साले हामीलाई जनताको कठघरामा उभ्याइसक्यो, स्वार्थ छाडेर सहकार्य गरौं’


१ बैशाख २०८१, शनिबार
Shekhar koirala
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेकोले नेपालका राजनीतिक दलहरू यसलाई निस्तेज पार्न लाग्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले राजनीतिक दलहरूमा देखिएको सत्तालिप्सा र अराजक व्यवहारले दलहरूलाई नराम्ररी जनताको कठघरामा उभ्याएको उनले उल्लेख गरेका छन् । राजनीति समाज सेवा तथा राष्ट्र निर्माणको अभियान भएकोले यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्न नहुने नेता कोइरालाको शुभकामना सन्देशमा उल्लेख छ ।

राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव नहुने उनले बताएका छन् । नेता कोइरालाले राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधारको खाँचो औँल्याएका छन् । यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथिको खतरा बढेर जाने बताएका छन् ।

s

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७