शान्त सिड्नीको सपिङ मलमा अन्धाधुन्ध चक्कु चल्यो : पाँचको मृत्यु, आठ घाइते


२०८१ बैशाख १ शनिबार ०७:३१ बजे

काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित एक व्यस्त सपिङ सेन्टरमा सामूहिक छुरा प्रहारबाट पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसो वेस्टफिल्ड बोन्डी जक्शनमा पसेर एक संदिग्ध समूहले अन्धाधुन्ध छुरा प्रहार गरेको थियो ।

उक्त घटनामा पाँच जनाको ज्यान गएको अस्ट्रेलियाको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको छ । यस्तै एक बच्चासहित आठ जना घाइते भएका छन् । घटनापछि प्रहरीले मानिसहरूलाई घटनास्थलबाट टाढा रहन चेतावनी दिएको थियो । अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा आइसकेको जनाइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘दुर्भाग्यवश, धेरै हताहतीका खबर आएका छन् । सबै अस्ट्रेलियालीहरूको संवेदना पीडित र उनका परिवारजनहरूसँग छ,’ उनले भनेका छन् । अस्ट्रेलियामा सामूहिक हिंसाका घटनाहरू विरलै हुने गरेका छन् ।

सन् २०१९ मा उत्तरी अस्ट्रेलियाको डार्बिनमा भएको सामूहिक गोली काण्डमा चार जनाको ज्यान गएको थियो । यस्तै अप्रिल १९९६ मा एक सामूहिक गोलीबारीको घटना भएको थियो । जसलाई ‘पोर्ट आर्थर नरसंहार’ को रूपमा चिनिन्छ। तस्मानिया राज्यको पर्यटकीय सहर पोर्ट आर्थरमा भएको उक्त नरसंहारमा ३५ जनाको मृत्यु भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७