एसीसी प्रिमियर कप : यूएईको लगातार दोस्रो जित, कुवेत पनि विजयी


१ बैशाख २०८१, शनिबार
UAE Ym

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले लगातार दोस्रो जित हात पार्दा कुवेत पनि विजयी भएको छ । समूह ‘बी’ अन्तर्गत शनिबार भएको खेलमा यूएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो । यसअघि शुक्रबार यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

शनिबारको खेलमा यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो । यसअघि पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३६ रन जोड्यो ।

अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गर्‍यो । जितका लागि चाहिएको १४२ रनको लक्ष्य कुवेतले ११ ओभर २ बलमा केवल २ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि पहिले ब्याटिङ गरेको कम्बोडियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन जोड्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७