एसीसी प्रिमियर कप : नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने


१ बैशाख २०८१, शनिबार
Qatar Nepal

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । समूह ‘ए’ अन्तर्गत टस जितेर नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालले कतारलाई भने पहिला बलिङका लागि निम्तो दिएको छ । यसअघि नेपालले शुक्रबार मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । कतारले भने हङकङसँग २६ रनको पराजय भोगेको थियो ।

कतारविरुद्ध खेल्ने नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी,कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले शनिबारको खेलमा करण केसीको ठाउँमा विवेक यादवलाई खेलाउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७