पर्यटकलाई बचाउँदा चितवनमा गैंडाको आक्रमणबाट ‘नेचर गाइड’ को मृत्यु


१ बैशाख २०८१, शनिबार
Rhino
फाइल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका एक ‘नेचर गाइड’ को गैंडाको आक्रमणबाट ज्यान गएको छ । आज (शनिबार) बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन गएका गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाको आक्रमणबाट ज्यान गएको हो ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रेग्मी सौराहाको जङ्गल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।

रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । रेग्मीसँगै निकुञ्ज घुम्न गएका पर्यटक भने सकुशल छन् । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चार वटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७