कतारविरूद्ध नेपालले गुमायो पहिलो विकेट, कुशल भूर्तेल आउट


१ बैशाख २०८१, शनिबार
Kushal Bhurtel
फाइल फोटो

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारविरूद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २.४ ओभरमा ओपनर कुशल भूर्तेललाई गुमाएको हो ।

भूर्तेल कतारका अमिर फारूखको बलमा कामरन खानबाट क्याच आउट भए । आउट हुनुअघि भूर्तेलले ११ बलमा २ चौका प्रहार गरी १२ रन बनाएका थिए । भूर्तेलको विकेटपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७