राप्रपालक्षित ओलीको चेतावनी : एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य हुँदैन


१ बैशाख २०८१, शनिबार
kp oli

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधि अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चेतावनी दिएका छन् । गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएकाले संवैधानिक बाटोबाटै समस्याको समाधान गर्न सकिने उनले बताए ।

सोहीअनुसारको गतिविधि अघि बढाउन उनले राप्रपालाई सचेत गराए । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले संविधान, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नमान्ने र एउटा ‘मालिक’ चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताए । उनले गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्नेमा जोड दिए ।

‘अहिले पनि केही मान्छेहरूमा उत्ताउलापनहरू देखिन्छन् । म ती राजनीतिक शक्ति र व्यक्तिहरू छन्, त्यस्ता राजनीतिक समूह वा व्यक्तिहरूलाई आग्रह पनि गर्न चाहन्छु, सुझाव पनि दिन चाहन्छु–संविधानको दायराभित्र आउनुस्’, उनले भने ।
कुनै पनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिबन्ध नलगाएको भन्दै उनले राप्रपालाई सचेत गराए । ‘…अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन । निरंकुशताका समयमा राजतन्त्र भएका बेलामा त्यसले प्रतिगमन गर्थ्यो’, उनले भने, ‘अहिले जनताका अधिकार खोसिँदैन । खोस्न मिल्दैन । यो राजतन्त्र भएको समय होइन, खोस्न मिल्दैन । यो गणतन्त्र हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७