आसिफ कतारविरुद्ध अर्धशतक बनाएर ‘आउट’


१ बैशाख २०८१, शनिबार
ou

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालका लागि आशिफ शेखले अर्धशतक पूरा गर्दै आउट भएका छन् । उनले ४१ बलका ५२ रन बनाएर आउट भए ।

कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपाल अहिले १७.२ ओभरको खेल चलिरहँदा ६ विकेटको क्षतीमा १५३ रन बनाएर खेलीरहेको छ । ओपनर कुशल भुर्तेल ११ बल खेल्दै २ चौकाको सहयोगमा १२ रन बनाएर आउट भए ।

यस्तै दास्रो विकेटको रुपमा नेपालले कप्तान रोहित पौडेललाई गुमायो। उनले १७ बलमा १८ रन बनाएर आउट भए । यस्तै कुशल मल्ल १८ बलमा ३५ रन बनाएर आउट भए । सन्दीप जोरा ६ बलमा ७ रन बनाएर आउट भए भने गुल्सन झा ४ बलमा ५ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७