दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी


१ बैशाख २०८१, शनिबार
Dipendra Airee

काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरका सबै ६ बलमा ६ छक्का प्रहार गरेपछि नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारलाई २११ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६४ रनको विष्फोटक नटआउट इनिङ खेले । दिपेन्द्रले १९ बलमै अर्धशतक प्रहार गरेका थिए । त्यस्तै, आसिफ शेखले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा कुशल मल्लले ३५ रन बनाए । त्यस्तै, कुशल भुर्तेल १२ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

कतारका लागि हिमान्सु रातहोडले ३ विकेट लिँदा मुसवार साहले पनि ३ विकेट लिए । अमिर फारुखीले १ विकेट लिए । प्रतियोगिताअन्तर्गत नै शनिबारको खेलमा समूह ‘बी’ अन्तर्गत युएईले लगातार दोस्रो जित निकाल्यो । युएईले बहराइनलाई ३७ रनले पराजित ग¥यो । यसअघि आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७