गस्तीमा निस्केको प्रहरी सवार मोटरसाइकल गोरुसँग ठोक्कियो, सहायक हवल्दारको गयो ज्यान


२ बैशाख २०८१, आईतवार
bike accident
सांकेतिक तस्वीर

रुपन्देही । रुपन्देहीको भैरहवामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी सहायक हवल्दारको ज्यान गएको छ ।मोटरसाइकल दुर्घटनामा घाइते कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दारको सुरेशबहादुर चन्दको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द गस्तीमा गएकै बेला दुर्घटना परेका थिए । रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालका अनुसार चन्द शुक्रबार राति ८ बजे मोटरसाइकलमा गस्ती ड्युटी गएका बेला दुर्घटनामा परेका थिए ।

गस्तीका बेला चन्दले चलाएको मोटरसाइकल गोरुसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
उनीसँगै मोटरसाइकल पछाडि बसेर गस्तीमा गएका अर्का प्रहरी जवान ३० वर्षीय टोपबहादुर बस्नेत घाइते भएका छन् । उनको अहिले उपचार जारी छ भने अवस्था मध्यम रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७