मकैबारीमै छुरा प्रहार गरी एकको हत्या, आरोपित तीन जना फरार


२०८१ बैशाख २ आइतबार ०७:५६ बजे

खोटाङ । खोटाङमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ । छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गए राति सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जानकारी दिएको छ ।

स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिए । तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको कार्कीको भनाइ छ । प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७