युवा संघ र वाइसीएलले थाले औपचारिक रुपमा एकता प्रक्रिया

सेर्पाली र शाही सम्मिलित विधान मस्यौदा समिती गठन


२५ जेष्ठ २०७५, शुक्रबार
youth nepal and Ycl

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टीको युवा संगठनहरुको एकता प्रक्रिया अघि बढेको छ । तत्कालिन नेकपा (एमाले)का युवा संघ नेपाल र माओवादी केन्द्रको योङ कम्युनिष्ट लिग (वाइसिएल) बीच एकता प्रक्रिया अगाडि बढेको हो ।youth nepal and Ycl

र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछि अब दुबै पार्टीका भ्रातृसंगठनको पनि एकता प्रक्रिया अगाडि बढेको छ ।  दुई संगठनका इन्चार्ज र अध्यक्षहरु रहेको कार्यदलको बिहिबार वाइसीएल नेपालको केन्द्रीय कार्यलय पेरिसडाँडामा बसेको बैठकले एकताको प्रारम्भिक शुरुवात गरेको हो ।

एकता कार्यदलमा युवा संघका इन्चार्ज महेन्द्र पाण्डे , वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष सापकोटा रहेका छन् । कार्यदलको बैठकले संगठनको एकताका लागि विधान मस्यौदा तथा संगठन स्वरुप प्रस्ताव तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिमा वाइसीएल नेपालका महासचिव सुवोधराज सेर्पाली, युवा संघ नेपालका महासचिव नरेश शाही, युवासंघका सचिवद्वय रमेश आचार्य र वचनबहादुर सिंह तथा वाइसिएलका सचिव ज्ञानेन्द्र हादुर गुरुङ रहेका छन् ।

अध्यक्ष सापकोटाका अनुसार समितिले यही जेठ ३१ गतेसम्म विधानको मस्यौदा र संगठन स्वरुपको प्रस्ताव तयार पारेर सो सम्बन्धी प्रतिवेदन संयुक्त बैठकमा पेश गर्ने छ । संयुक्त बैठकले समितिले तयार पारेको विधान र संगठनको प्रस्तावलाई सुझाव दिनेछ ।

युवा संघका महासचिव शाहीले भने कार्यदलको बैठकले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी र वाइसिएलको केन्द्रीय सचिवालय बैठक बस्ने र यही जेठ ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने निर्णय गरेको बताए ।

समितिले दिएको प्रतिवेदनका आधारमा असारको पहिलो हप्तासम्म कार्यदलले एकताका लागि खाका तयार पारेर पार्टीको उच्च नेतृत्व तहमा दिने अध्यक्ष सापकोटाले बताए । दुई पार्टी एकीकरण भएपछि भ्रातृसंगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७