बुबाको किरियाका लागि माइत आएकी महिलाको विभत्स हत्या, प्रहरीले घटना अनुसन्धान गर्दै


२ बैशाख २०८१, आईतवार
latest News nayapage1 scaled

धनुषा । धनुषाको सहिदनगर नगरपालिका–४ ननुपट्टीस्थित गहुँ खेतमा एक महिलाको विभत्स रुपमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

आज बिहानै जनकपुर–यद्दुकोहा सडकको छेउमा रहेको गहुँ खेतमा धनुषाकै हँसपुर नगरपालिका–७ नौवाखोरकी अन्दाजी ५५ वर्षीया शुभ मण्डलको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । स्थानीयले उनको शव खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले ईलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

mahila hatya

मृतक महिलाको परिवारले शनिवार साझदेखि छोरी सम्पर्कमा नरहेको भन्दै खोजीका लागि आज बिहान मात्रै प्रहरीमा उजुरी दिएका थिए । मृतक महिलाको टाउकोमा दुई ठाउँमा काटिएको छ । उनले लगाएको गरगहना समेत लगिएको छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाइएको छ । बुबाको मृत्यु भएपछि उनी किरिया कर्मका लागि माइत आएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७