विदेश पढ्न जाने सोंचमा हुनुहुन्छ, सरकारले बढायाे कर


२५ जेष्ठ २०७५, शुक्रबार
study in abord

काठमाडौं, २५ जेठ । के तपाई अध्ययनका लागि विदेश जाने योजनामा हुनुहुन्छ । यदि त्यो हो भने यो कुरा पनि जान्नुस् । अब अध्ययनका लागि विदेश जानेले सरकारलाई थप कर तिर्नुपर्ने भएको छ । study in abord

सरकारले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यर्थीहरुमा कर थपिदिएको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई भ्याट र २ प्रतिशत शिक्षा सेवा शुल्क लगाएको हो । यसअघि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले विदेशी मुद्रा सटही गर्दा १ प्रतिशत सेवा शुल्क मात्र लिइन्थ्यो । ‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिंदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल उपर गरिने आर्थिक बिधेयक २०७५ मा उल्लेख छ ।

त्यस्तै अब शैक्षिक परामर्श उपलब्ध गराउने कन्सल्टेन्सीहरु भ्याटको दायरामा तानिएका छन् । उनीहरुले विद्यार्थीसँग असुल्ने सेवा शुल्कमा १३ प्रतिशत भ्याट तिर्नुपर्नेछ । सो भ्याट समेत विद्यार्थीहरुबाटै असुलिने छ । ‘कन्सल्टेन्सीहरुले विद्याथीबाट लिने सेवा शुल्कमा १३ प्रतिशत भ्याट लिने व्यवस्था गरिएको हो, एक प्रतिशत शिक्षा सेवा शुल्क पनि वृद्धि गरेका छौं’, अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गानाले भने ।
विदेश पढ्न जाने नेपाली विद्यार्थीहरुले सटही गरेको विदेशी मुद्राको २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्छ ।

त्यस्तै, कन्सल्टेन्सीलाई बुझाएको सेवा दस्तुरमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ । हाल युरोपियन देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुबाट कन्सल्टेन्सीहरुले एक हजार डलर सेवा शुल्क लिंदै आएका छन् । युरोपियन देशका शैक्षिक संस्थाहरुले उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउँदा कमिसन नदिने भएकाले एक हजार डलरसम्म सेवा शुल्क उठाउँदै आएका छन् ।

अन्य देशहरुका हकमा भने २५ हजारसम्म सेवा शुल्क तोकिएको छ । विद्यार्थीहरुले युरोपियन मुलुकमा अध्ययनका लागि जाँदा १३ डलर भ्याट वापत १३० डलर बुझाउनु पर्छ । त्यस्तै, ती देशमा जाँदा लाग्ने १२–१५ लाख रुपैंयाँको २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नुपर्छ । त्यस बाहेक भाषा अध्ययनका लागि तिरिएको रकममा पनि भ्याट भने तिर्नुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७