‘मोस्ट वान्टेड’ शेख नुरुल्लाह १० महिनापछि पक्राउ


२०८१ बैशाख २ आइतबार ०८:०९ बजे

रौतहट । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिनापछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो ।

अपराध क्षेत्रको मास्टरमाइण्ड व्यक्तिको रुपमा प्रख्यात रहेका नुरुल्लाहलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा चोक नजिक रहेको नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । २०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका–१ करुनिया गाउँमा ७८ बर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरीको भनाइ रहेको छ ।

तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र उनका भाई खलिउल्लाह फरार रहदै आएको रौतहट प्रहरीले आईतबार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरुमा विशेष निगरानी बढाएको र सोही क्रममा आईतबार विहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डिएसपी गिरीले बताइन् ।

२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दीर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी भएको हत्यामा समेत उनी मुछिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७