नयाँ वर्षका दिन धनजीतलाई छुरा प्रहार गरी हत्या गर्ने तीन युवा पक्राउ


३ बैशाख २०८१, सोमबार
hatya

खोटाङ । खोटाङमा एक व्यक्तिलाई छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ परेका छन् । नयाँ वर्षको दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको निभारेका धनजीत राईको छुरा प्रयोग गरी हत्यामा संलग्न स्थानीय २२ वर्षीय विकाश राई, २० वर्षीय आशन राई र २८ वर्षीय गणेश राई सोमबार पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको टोलीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको भुसुण्डाका धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा सोमबार बिहान साढे आठ बजेतिर पक्राउ परेका हुन् । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता तथा प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७