डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग


३ बैशाख २०८१, सोमबार
dangi

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ मा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भई उपचारका क्रममा निधन भएका कार्यकर्तालाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

प्रदर्शनका क्रममा घाइते भएका डाँगीको सैनिक अस्पतालमा उपचाररत अवस्थामा सोमबार निधन भएको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारसँग पार्टीको माग राखेका हुन् । ‘ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डाँगीको निधनमा ७७ वटै जिल्ला पार्टी कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने राप्रपाले निर्णय गरेको छ । डाँगी बर्दियाको मधुवन नगरपालिकाको राप्रपा कार्यसमितिका संस्थापक अध्यक्ष थिए । प्रदर्शनमा बल प्रयोग गरेकोप्रति राप्रपाले आपत्ति जनाएको छ । प्रदर्शनमा सामान्य घाइते भएकाहरू उपचारपछि फर्किएको र गम्भीर घाइते ६ जना अझै उपचाररत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७