गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द


४ बैशाख २०८१, मंगलवार
gaddachauki naka kanchanpur

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएका दुई नाका मंगलबार साँझ सवा ५ बजेदेखि बन्द हुने सूचनामा उल्लेख छ । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भारतमा लोकसभा निर्वाचनअन्तर्गत चम्पावत जिल्लामा प्रथम चरणको मतदान हुने भएकाले नाका गर्न लागिएको बताए ।

सूचनाअनुसार, मंलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्त हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । ‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रूपमा बन्द रहनेछन्,’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको मजिस्ट्रेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७