एसीसी प्रिमियर कपमा ओमानले युएईलाई हरायो


४ बैशाख २०८१, मंगलवार
oman

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो । बर्षाले प्रभावित भएको सो खेल १५.१५ ओभर खेलिएको थियो ।

युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै युएईले १५ ओभरमा ५ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । त्यस्तै गए राति नै सम्पन्न खेलमा कुवेतले बहराइनलाई २६ रनले पराजित गरेको छ ।

योसँगै समूह ‘बी’ मा ओमान अपराजित रहदै ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ भने कुवेत ३ खेलमा ४ अंकसहित दोस्रो र युएई ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै बहराइनले तिनै खेलमा हार व्यहोरेको छ भने कम्बोडियाले २ खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७