१५ महिनामा आज चाैंथो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव


४ बैशाख २०८१, मंगलवार
saroj yadav madhesh

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज (मंगलबार) विश्वासको मत लिन लागेका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो ।

कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

जसपा नेता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेशसभा सदस्यको समर्थनमा मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेस र जनमत पार्टी यादवको विपक्षमा छन्। मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका का १३, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७