इजरायलमा इरानको आक्रमण : मध्यपूर्वको अवस्थाबारे अमेरिका र इराकबीच छलफल


४ बैशाख २०८१, मंगलवार
pic5 PF02X6w4YN

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मध्य–पूर्वको सुरक्षालाई लिएर इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग छलफल गरेका छन् । इरानले गएको शनिवार इजरायलमाथि गरेको आक्रमणलाई लिएर अमेरिकी विदेशमन्त्री र इराकका उपप्रधानमन्त्रीबीच छलफल भएको बीबीसीले जनाएको छ ।

विदेशमन्त्री ब्लिन्कनले उपप्रधानमन्त्री तमिमसँग अमेरिकाले इरानसँग तनाव बढाउन नचाहेको तर इजरालयको पक्षमा रहेको बताएको खबरमा उल्लेख छ । तमिमले आफ्नो सरकारको तर्फबाट मध्य–पूर्व क्षेत्रलाई युद्धतर्फ धकेल्ने र अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खतरा देखिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

इरानले शनिवार राति इजरायलमाथि झण्डै तीन सय वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले भने इरानले प्रहार गरेको झण्डै ९९ प्रतिशत ड्रोन र क्षेप्यास्त्र विफल बनाएको दाबी गरेको छ । गएको अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७