मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित


४ बैशाख २०८१, मंगलवार
madesh pp

जनकपुरधाम । मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

जनमत पार्टीले आफ्ना तत्कालिन मन्त्रीमाथि भएको आक्रमणको छानबिन समिति बनाउने सहमति भएपनि अहिलेसम्म नबनाएको भन्दै विरोध शुरु गरेको थियो । जनमत पार्टीले कार्यव्यवस्था समितिको बैठक नबसी संसद सञ्चालन गरेको भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७