सत्ता संकट टार्न नेकपा एसलाई सुदूरपश्चिमको मुख्यमन्त्री, सोडारीलाई रञ्जिताको पनि समर्थन


४ बैशाख २०८१, मंगलवार
Prachanda jhalanath ranjita

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पाउने लगभग निश्चित भएको छ । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर सत्ता गठबन्धनको संकट टार्न नागरिक उन्मुक्ति पार्टी नाउपा समेत तयार भएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले एसलाई मुख्यमन्त्री दिएर पनि भए सत्ता गठबन्धनको संकट टार्न सकारात्क रहेको संकेत गरेकी छन् । उनले भनिन्, ‘एउटा प्रदेशको विवादलाई लिएर सबैतिर संकट आउनुभन्दा समझदारीमा जानुपर्छ भन्ने मान्यता हामीले राख्छौँ ।’

उनले सुदूरपश्चिमको मुख्यमन्त्री एसलाई दिनेबारे छलफल चलिरहे पनि अन्तिम टुंगो भने लागिनसकेको बताउकी छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नाउपाका कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । अब एसका नेता दृघ सोडारीलाई मुख्यमन्त्री बनाउन कानुनी उपाय खोजी भइरहेको छ ।

एसलाई मुख्यमन्त्री दिन नाउपाको रञ्जिता पक्ष सहमत नभए रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्री हुने लगभग पक्का थियो । तर, आफूले मुख्यमन्त्री पाउने भएपछि एसले लक्ष्मणकिशोरका लागि पेस गरेको दाबी फिर्ता लिने तयारी गरेको छ । एस संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा आफै दाबी पेस गर्ने गरी तयारी गरिरहेका छन् । एमाले, माओवादी र एस र नाउपाको रञ्जिता पक्ष मिलेमा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ ।

सुदूरपश्चिममा प्रदेश प्रमुखले सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गर्दा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले र एमाले र माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले दाबी पेश गरेका छन् । दुई जनाको दाबी परेपछि कानुनी परामर्श गर्ने भन्दै प्रदेश प्रमुख मियाले निर्णय दिएका छैनन् । एकीकृत समाजवादीले एमाले–माओवादी गठबन्धनलाई साथ नदिएर कांग्रेसलाई साथ दिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७