सुदूरपश्चिममा उलटफेर : नेकपा एसद्वारा लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता


४ बैशाख २०८१, मंगलवार
sudur pachim 1

कैलाली । सुदूरपश्चिमको मुख्यमन्त्री चयनमा उलटफेर आएको छ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आइतबार कांग्रेससहित राप्रपासँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

उनले आफै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति भएको एक नेताले जानकारी दिए । मंगलवार धनगढीमा बसेको नेकपा एमाले, माओवादी, नागरिक उन्मुुक्तीको एक पक्षसहितको बैठकले मुख्यमन्त्रीका लागि सोडारीलाई सर्मथन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीले यसअघि मुख्यमन्त्री पदमा लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले सोडारी मुख्यमन्त्री हुने सहमति पछि समर्थन फिर्ता लिन प्रदेश प्रमुखसमक्ष पत्र पठाएको जानकारी दिए ।

‘समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई दिनुभयो, प्रदेश प्रमुखले के गर्नुहुन्छ भन्ने बाँकी छ,’ उनले भने । बालुवाटारमा आज (मंगलबार) विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीबीच छलफल भएको थियो । बालुवाटार छलफलमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति जुटेको खनालले बताएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गत चैत २२ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मियाँले मुख्यमन्त्री दावी पेश गर्न आइतबार बेलुका ५ बजेसम्मको समय दिएका थिए । संवैधानिक व्यवस्था अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेश प्रमुख मियाले दिएको समयभित्र उन्मुक्तिका दुई जनाको दाबी परेको थियो ।

आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दावी पेश गरेका थिए । कैलाश नागरिक उन्मुत्ति भित्र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन् । एकै दलबाट दुई जनाको दावी परेपछि मुख्यमन्त्री नियुक्त गर्न समय लाग्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको थियो । सोडारीले समर्थन फिर्ता लिएर कानूनी प्रक्रिया पूरा हुनासाथ मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७