कतारले साउदी अरेबियालाई हराएपछि नेपाल अन्तिम खेलअघि नै समूह विजेता


४ बैशाख २०८१, मंगलवार
nepal cricket

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो । यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।

Qatar 1.jpg 12024 04 16 04 04 47

यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ । त्यस्तै समूह ‘ए’ मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल समूह बिजेता बनेको छ । नेपाल आफ्नो अन्तिम खेल अघि नै समूह विजेता बनेको हो ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ । त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्ने निश्चित भएको छ । त्यसैगरी समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने अब अन्तिम खेलहरुबाट लाग्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७