राष्ट्रियसभा अध्यक्ष दाहालको गुनासो : प्रधानमन्त्रीसँग नाम जोडिदिँदा वाक्क भएँ


४ बैशाख २०८१, मंगलवार
narayan dahal 1

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नो राजनीतिक योगदानलाई अवमूल्यन गरिएको गुनासो गरेका छन् । अध्यक्ष भएपछि आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पारिवारिक नाता भएकाले अवसर पाएको भन्दै पटक–पटक प्रश्न आएकाले त्यसबाट आफू आजित भएको गुनासो गरेका हुन् ।

आज (मंगलबार) पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेर निरन्तर राजनीतिक आन्दोलनमा लागेको बताए । प्रधानमन्त्री दाहाललाई आफूले कुनै पनि राजनीतिक गतिविधिमा नछाडे पनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणीले आफू वाक्क भएको उल्लेख गरे ।

‘म त्यो विषयमा धेरै बोल्ने मोडमा छैन है । कति बोल्ने म त्यो विषयमा ? २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेको अध्यक्ष र म । उहाँ गोरखामा पढाउनु हुन्थ्यो । म काठमाडौंमा डिप्लोमा पढ्दै थिएँ सानोठिमीमा । त्यो बेला पुष्पलालकोमा लागियो । चौथो महाधिवेशनमा जाँदाखेरी २०३५ साल जेठ २२ गते मलाई थाहा छ म डेट पनि भन्न सक्छु, उनले अगाडि भने, ‘सँगसँगै हिडेकै छ । एक दिन छोडिएको पनि छैन । अब प्रचण्डको दयाले मात्रै म भएको भनेर त मलाई जवाफ दिन पनि वाक्क लाग्न थालिसक्यो । यो कति दिनसम्म दिने, कहिलेसम्म दिने ?’

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले राष्ट्रियसभाका गतिविधिलाई सञ्चार माध्यमले प्राथामिकता नदिएको भन्दै गुनासो समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७