प्रदेश प्रमुखको निर्णयविरुद्ध रेशम पक्षधर लक्ष्मणकिशोर चौधरी सर्वोच्च जाने


४ बैशाख २०८१, मंगलवार
resham team

काठमाडौं । मुख्यमन्त्रीको दाबी पेस अस्वीकृत भएपछि नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी सर्वोच्च अदालत जाने भएका छन् ।

आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत जान लागेको जानकारी दिए । उनले न्यायका लागि आफू अदालत जान लागेको बताए । उनले भने, ‘संविधानको बर्खिलाफ भएको छ । विधि प्रक्रिया अनुसार बहुमत पुर्‍याउँदा पनि संविधान बर्खिलाफ गतिविधि भयो । यसलाई सच्याउन पर्छ भन्ने हाम्रो माग हो । सच्चाइएन भने हामी सर्वोच्च अदालत जान्छौं ।’

आज सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बहुमत नपुगेको भन्दै मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत गरेका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा पुनः दावी आह्वान गर्दै दुई दिनको समय दिएका छन् ।

आज प्रधानमन्त्रीसँग नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गरेको भेटवार्तापछि सुदूरपश्चिमको राजनीतिले नयाँ मोड लिएको हो । नाउपा अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसहितको छलफलपछि सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने माहौल बनिएको हो । जसका कारण केन्द्रको सत्ता गठबन्धनमा देखिएको संकट टरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७