निजी क्षेत्रको प्रश्न : १६ घण्टे लोडसेडिङ्गले उद्योगीहरू मर्माहत छन्, यो कस्तो नीति हो ?


२०८१ बैशाख ४ मंगलबार ०६:५३ बजे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्ला केही महिनादेखि उद्योगहरुमा अघोषित लोडसेडिङ गरिएको भन्दै निजी क्षेत्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सामुन्ने उक्त असन्तुष्टि पोखेको हो ।

आज (मंगलबार) परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले उद्योगीहरु थप मर्माहत भएका छन् । एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको छ ।’

उनले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न समेत गरेका छन् । विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भए पनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने उनको जिकिर थियो ।

उनले महँगो दरमा आयात गरेर भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गरे । समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको उनको भनाइ थियो । ‘समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको छ । नियमित विद्युतको आपूर्ति उद्योगहरुको लागि लाइफलाइन हो । तर पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको छ’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७