इलाममा आज एमाले–माओवादीको संयुक्त चुनावी सभा, अध्यक्ष ओलीले सम्वोधन गर्दै


५ बैशाख २०८१, बुधबार
oli 3

इलाम । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रले आज (बुधबार) इलाम–२ मा सयुक्त चुनावी सभा गर्ने भएका छन् । देउमाई नगरपालिका मंगलबारेमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ । देउमाई नगरपालिकाको मंगलबारे बजारमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठलगायत केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

एमालेले उठाएका सुहाङ नेम्वाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले समर्थन गरेका छन् । सभामा सहभागी हुन अध्यक्ष ओलीसहितका शीर्ष नेता इलाम पुगिसेकेका छन् । आगामी १५ वैशाखमा इलाम २ मा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । सुहाङका बुवा स्व.सुवास नेम्वाङले लगातार २५ वर्षदेखि यो क्षेत्र जित्दै आएका थिए । उनकै छोरालाई उठाउँदा जित्न सकिने आकलनसहित एमालेले ३२ वर्षीय सुहाङलाई चुनावी मैदानमा उतारेको हो ।

त्यसैगरी इलाम –२ मा नेपाली काङ्ग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । तर एमालेका सुवास नेम्वाङसङ्ग झिनो मतान्तरले हारेका थिए । रास्ट्रिय स्वतन्त्र पार्टीले भने पत्रकार समेत रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । लिम्बू सुरुमा स्वतन्त्र उठ्ने बताएपनि पछि रास्वपा प्रवेश गरेका थिए ।
त्यस्तै यहाँ ४१ वटा घटकको समर्थनसहित पहिचान पक्षधर डकेन्द्र सिंह थेगिमले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । मुढा चुनाव चिन्ह पाएका उनले पनि दलको मत काट्ने अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७