गायिका एलिनाले प्रेमी विष्णुसँग कसिन् लगनगाँठो


५ बैशाख २०८१, बुधबार
Eleena Chauhan Wedding1

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज (बुधबार) विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।

आज एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको हो । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका छन् । सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्तीसहित झापा पुगेका हुन् ।

यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका लागेका हुन् । एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन् । त्यस्तै गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७