मुन्नाभाइको तेस्रो सिरिज बन्ने


५ बैशाख २०८१, बुधबार
Munna

मुम्बई । बलिउडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाइको तेस्रो सिरिज बन्ने भएको छ । फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाइ– ३ को स्क्रिप्ट लेखनको काम जारी रहेको निश्चित रुपमा फिल्म बन्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मुन्नाभाइ–३ को लेखन कार्य जारी छ । यो फिल्म शतप्रतिशत बन्ने विश्वास लिएको छु । यो चलचित्रमार्फत हामीले जनतालाई सही सन्देश पनि दिनेछौँ । आज पनि मानिसहरुले त्यो जादुई अंगालो बिर्सन सकेका छैनन् । यसपटक पनि केही नयाँ ल्याउने छौँ ।’

हालै फिल्म १२ फेल बनाएर चर्चामा आएका चोपडाले बनाएको मुन्नाभाइ एमबिबिएसको पहिलो सिरिज २००३ मा रिलिज भएको थियो । त्यसपछि दोस्रो सिरिज लगे रहो मुन्नाभाइ २००६ मा रिलिज भएको थियो । यस फिल्मका दुवै सिरिज बक्सअफिसमा सुपरहिट भएका थिए । मुन्नाभाइका दुवै सिरिजलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७