एसीसी प्रिमियर कप क्रिकेट : साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य


५ बैशाख २०८१, बुधबार
nepal 2

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले ६ विकेट गुमाएर ७३ रन बनायो ।

उसका लागि अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए । अरू कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले सामान दुई तथा प्रतिश जिसी र ललित राजवंशीले सामान एक विकेट लिए । नेपाल लगातार तीन खेल जितेर समूह विजेता बनिसकेको छ । सेमिफाइनलमा पुग्न अहिलेको खेलमा साउदीले नेपाललाइ हराउनै पर्नेछ । साउदी अरब नेपालसँग हारेमा भने हङकङ सेमिफाइनलमा पुग्नेछ ।

आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई सात विकेटले पराजित गरेर सेमिफाइनलको आसा बढाएको छ । मलेसियाले दिएको १४१ रनको लक्ष्य हङकङले १२ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्‍यो । आज दिउँसो सवा ४ बजे ओमान र कुवेत तथा यूएई र कम्बोडिया खेल्दैछन् । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७