इलामको विकास र योजना सँधैं शीरमा राखेर हिंड्छु : सुहाङ नेम्वाङ


५ बैशाख २०८१, बुधबार
Suhanag

इलाम । आसन्न उपनिर्वाचनमा इलाम निर्वाचन क्षेत्र नम्बर–२ का एमाल उम्मेदवार सुहाङ नेम्वाङले कसैको टिकाटिप्पणी गर्ने भन्दा पनि काम गरेर देखाउने बेला आएको बताएका छन् । उननले इलाम क्षेत्र नम्बर–२ अन्तर्गत इलामको मङ्गलबारेमा भएको कार्यक्रममा अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुने बताए ।

सुहाङले इन्द्रेणी सप्त रङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको बताए । उनले इन्द्रेणी जस्तो समाजलाई अझ राम्रो बनाउन सामाजिक सम्बन्ध राम्रो हुनु पर्ने बताए । उनले यस्तो समाजमा पनि तरिकाको समाजिक भेदभावलाई क्षमा दिन नहुने बताए । उनले सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएकाले यो समस्या समाधान गर्न पनि सबै एक हुनुपर्ने बताए ।

आज (बुधबार) इलाममा आयोजित चुनावीसभामा उनले नयाँ ढंगले अघि बढ्ने बेला आएको बताए । ‘कसैको दुष्प्रचार गरेर आफूलाई राम्रो बनाउने कुरा म कदापी राम्रो ठान्दिनँ । नयाँ ढंगले अघि बढ्नु पर्छ भन्ने लाग्छ । कसैलाई होचो नदेखाखाई हामीले काम गरेर देखाउने बेला भएको छ’, उनले भने ।

नेम्वाङले राजनीतिमा आफू नयाँ हुँदाहुँदै पनि उम्मेदवार बनाएको भन्दै पार्टी नेतृत्वलाई धन्यवाद दिए । ‘राजनीतिमा नयाँ हुँदाहुँदै पनि मलाई अभिभावकहरूले जुन तरिकाले विश्वास गर्नुभयो । जुन तरिकाको जिम्मेवारी दिनुभयो धन्यवाद भन्न चाहन्छु’, उनले भने, ‘तपाईंहरूको मायालाई शीरमा राखेर हिँडेको छु ।’

उनले दिवंगत आफ्ना बुबा सुवास नेम्वाङलाई सम्झिए । ‘भावुक भने पक्कै बनाएको छ । तपाईंंहरूले लगाई दिएको मालामा खुशी देखिएको छ । सँगसँगै तपाईंको आँशु देखिएको छ’, उनले भने । उनले आफ्ना बाबुको असल गुणलाई लिएर अपूर्ण काम पूरा गर्ने प्रतिबद्धता जनाए । बाबुले हित हुने गरेर इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । जिल्लाको विकासका सन्दर्भमा प्राथमिकतालाई आत्मसात गरेर अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७