गण्डकीमा प्रदेशसभाको बैठक आह्वानप्रति कांग्रेसको आपत्ति


५ बैशाख २०८१, बुधबार
Gandaki

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखमसक्ष सिफारिस गरेकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको अवस्थामा समेत प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु र प्रदेशसभा बैठक आह्वान गर्नु गैरजिम्मेवार कदम भएको बताएका छन् । उनले प्रदेशसभा बैठक आह्वान गर्ने प्रदेश प्रमुखको कदम पनि गैरजिम्मेवार रहेको बताएका छन् ।

1669175735 surendraraj pandy 1200x560 1

गण्डकी सरकार गठनसम्बन्धी विवाद अदालतमा विचाराधीन छ । सभामुखलाई समेत गणना गरी एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बनेपछि कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चले अधिकारी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिँदै रिटमाथिको अर्को पेसी १० वैशाखका लागि तोकेको छ । तर, मुख्यमन्त्री अधिकारीले रिटमाथिको पेसीभन्दा अगाडि नै प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

k 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७