नेकपा एसको महाधिवेशन असार दोस्रो हप्ताका लागि सारियो


५ बैशाख २०८१, बुधबार
jagannath khatiwada
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको जेठ ३ गतेदेखि गर्ने भनिएको पार्टीको १० औं महाधिवेशनको मिति सरेको छ । आज (बुधबार) बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले आन्तरिक तयारी र व्यवस्थापनका विषयमा कतिपय काम बाँकी रहेकाले अधिवेशनको मिति सारिएको स्पष्ट पारे । यसअघि नेकपा एसले महाधिवेशन जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७