प्रहरीमा साइबर क्राइम र मानव बेचबिखन नियन्त्रणका लागि अलग अलग ब्यूरो गठन हुने


२५ जेष्ठ २०७५, शुक्रबार
Cyber Crime Causes

काठमाडौं, २५ जेठ । बढ्दो विद्युतीय अपराध(साइबर क्राइम) नियन्त्रणका लागि नेपाल प्रहरीको साइबर क्राइम इन्भेष्टीगेसन ब्यूरो गठन हुने भएको छ । ब्यूरोले साइबर क्राइम नियन्त्रण गर्नेछ । मानव बेचविखन तथा तस्करी रोक्नका लागि एन्टी ह्युमन ट्राफिकिङ ब्यूरो गठन हुने भएको छ । जसको काम मानव बेचबिखन रोक्ने हुनेछ ।

Cyber Crime Causes
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले यी दुई ब्यूरो गठनको बिषय जेठ ७ गतेको बजेट वक्तब्यमा उल्लेख भएको जानकारी दिएका छन् । प्रवक्ता थापाले भने–‘साइबर अपराध नियन्त्रणका लागि साइबर ब्यूरो र मानव बेचबिखनविरुद्ध एन्टी ह्युमन ट्राफिकिङ ब्यूरोको गठन गर्न लागिएको हो । दुवै ब्यूरोको नेतृत्व डीआइजीले गर्नेछन् ।’
पछिल्लो समयमा फेसबुक, ट्वीटर, इन्ष्टाग्राम लगायतका सामाजिक संजालका माध्यमबाट हुने अपराधका घटना बृद्धि हुँदै गएपछि साइबर क्राइम ब्यूरो गठन आवश्यक भएको थापाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७