स्वीडेनमा लिङ्ग परिवर्तन गर्नेसम्बन्धी नयाँ कानून पास


६ बैशाख २०८१, बिहीबार
sweden2024 04 18 07 04 30

काठमाडौं । स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिङ्ग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ ।

यसअघि १८ वर्षको उमेरपछि मात्रै लिङ्ग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्नेछ । तर, १८ वर्ष मुनिका युवाले लिङ्ग परिवर्तन प्रक्रिया सुरु गर्नुअघि परिवारका सदस्य, चिकित्सक र राष्ट्रिय स्वास्थ्य तथा कल्याण बोर्डको स्वीकृति लिनुपर्नेछ ।
बुधबार स्वीडेनको संसदमा यस कानूनमाथि मतदान नै भएको थियो । जसमा २ सय ३४ सांसदले कानूनको पक्षमा मतदान

गरेका छन् । जसमा ९४ सांसदले विपक्षमा मतदान गर्दा २१ सांसद भने मतदान प्रक्रियामै सामेल भएनन् । स्विडेनी सरकारका उदारवादी नेताहरू र दलहरूले यो कानूनलाई समर्थन गरिरहेका छन् भने केही क्रिश्चियन डेमोक्र्याटहरूले यसको विरोध गरिरहेका छन् । स्वीडेनको दक्षिणपन्थी पार्टी मानिने स्वीडेन डेमोक्र्याटले पनि कानूनको विरोध गरेको छ । यो पार्टी सरकारलाई समर्थन गर्छ तर सरकारको पक्षमा छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७