युक्रेनी प्रधानमन्त्रीको चेतावनी : हामीले हारे तेस्रो विश्वयुद्ध निश्चित


६ बैशाख २०८१, बिहीबार
Dennis Schmiha

युक्रेन । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेन रुससँग हारे विश्वले तेस्रो विश्वयुद्ध सामना गर्नुपर्ने चेतावनी दिएका छन् । बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामी बचेनौँ भने युक्रेनले हार्नेछ । यसले अन्तर्राष्ट्रिय सुरक्षाको सम्पूर्ण प्रणाली ध्वस्त हुनेछ । विश्वलाई सुरक्षाका लागि नयाँ प्रणाली चाहिन्छ ।’

यसबाट नयाँ तनाव उत्पन्न हुने दाबी गर्दै उनले यस्ता धेरै युद्ध देख्न सकिने दाबी गरे । उनले थपे, ‘यो विषय तेस्रो विश्वयुद्धतिर जान सक्छ ।’ तर, युक्रेनले आफूले हारेको अवस्थामा यस्तो हुने चेतावनी दिएको यो पहिलो पटक होइन ।

गत वर्ष युक्रेनका राष्ट्रपति जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए । तर त्यस्ता दाबीलाई रुसले अस्वीकार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूर्वी युरोपमा आक्रमण गर्ने रुसको दाबीलाई ‘बकवास’ भनेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७